Preview of the new BUSA website, not yet the official site. For services today visit budol.coop.np
Head office: Banepa-6, Budol, Kavrepalanchok
Notice
All notices

चिया पसलदेखि सवारी व्यवसायसम्मको यात्रा

Posted on 3 Jul 2020

देशविकासका सुत्रधार युवाहरू गाँस, बास र कपासको लक्ष्य बोकेर लाखौँ सपना सजाउँदै खाडी लगायतका मुलुकहरूमा आफ्नो परिश्रम पसिना चुहाउन दिन दुईगुणा रात चौगुणाको दरले विदेशीइ रहेका छन्। विदेशी भूमिमा पसिना चुहाउँनेमध्ये थोरैले आफ्नो सपना पूरा गरेका छन्, केहीले जीविका चलाएका छन् त कतिले आफ्नो प्राण नै विदेशी भूमिमा विर्सजन गरेका छन्। यो सब देशमा रोजगारीका अवसर नै नभएर भने होईन।

त्यसको सही पहिचान र परिचालन गर्ने सके स्वदेशमै आय आर्जनका प्रशस्त सम्भावनाहरू छन्। यही कुरालाई आत्मसात् गरी आफ्ना कर्मठ हातहरू चलाएर नाम, दाम र पहिचान बनाउन सफल युवा व्यवसायी हुन् – कृष्णमणी कुईकेल। २०३४ साल पौष १ गते काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ११ कुईकेलमार्गमा पिता छविलाल कुईकेल र माता धनकुमारी कुईकेलको कान्छो सुपुत्रको रूपमा जन्मिनुभएका कृष्णमणी कुईकेलले मेहनत र लगनशील भई समाज सुहाउँदो ब्यवसाय वा पेशा अंगाले विदेशिनु नपर्ने उदाहरण प्रस्तुत गर्नुभएको छ।

पूर्ण सञ्जीवनी लंखनामाई उच्च मा.वि.बाट एस.एल.सी.सम्मको अध्ययन गर्नुभएका उहाँको विगत वर्तमानजस्तै समृद्ध र सम्पन्न भने थिएन। २०६२ साल ताका काठमाण्डौं विश्वविद्यालय चोक, २८ किलोमा सामान्य चियापसल सञ्चालन गर्नुभएका उहाँले केही फरक प्रकृतिको काम गर्ने सोच आउँदा आर्थिक स्रोतको कमीले उक्त सोचलाई ब्यवहारमा परिणत गर्ने अवसरबाट बञ्चित रहनुपर्यो। आर्थिक स्रोत उपलब्ध गराउने साहुमहाजनकोमा जानुपर्ने र चर्को ब्याजदर तिर्नुपर्ने त्यसमा पनि धितो राखेको सम्पत्ति नै साहुबाट ब्याज र स्याज गर्दै फिर्ता नहुनेसम्मको जोखिम बहन गर्न उहाँको मनले मानेन र अन्ततः सरल प्रकृयामा सुलभ व्याजमा आफ्नो ब्यवसायिक सोचलाई कार्यान्वयन गराउने उपयुक्त साधन श्रोतको खोजीसँगै आफू पहिलेदेखि नै आवद्ध रहेको बुडोल सामुदायिक साकोसको सम्पर्कमा आउनुभयो।

त्यसपछि आफ्नो ब्यवसायिक यात्रा र आर्थिक उन्नतिको दिनहरू फेरिएको मान्नुहुन्छ उहाँ। २०६४ साल ताका बुडोल सामुदायिकको वित्तीय सहयोगमा उहाँबाट ग्याँस ब्यवसायको थालनी भयो र त्यसैबाट आर्थिक स्थिति र व्यवसायिक छविमा निरन्तर उन्नति हुँदै गयो। उहाँमा रहेको अग्रगामी ब्यवसायिक सोचको कारण २०६६ सालको अन्त्यतिर सवारी ब्यवसाय आरम्भ गर्नुभयो र उहाँको वित्तीय सहयोगीको रूपमा बुडोल सामुदायिकको साथ हरदम रहँदै गयो।

संस्थासँग असल कारोबार गर्दै उहाँले आफ्नो सवारी ब्यवसायलाई बढाउँदै जानुभयो र २०७२ सालमा नै नैमिषारण्य भेइकल सर्भिस र २०७३ को आरम्भमा काठमाण्डौ अटो इञ्जिनियरिङ्ग वर्कशप स्थापना गरी ब्यवसायमा राम्रो स्थान हासिल गर्दै मासिक रू. १ लाखसम्म खूद आय गर्न सफल हुनुभयो। उहाँ आफ्नो सफलताको सम्पूर्ण श्रेय आफ्नो मेहनत र बुडोल सामुदायिक साकोसको वित्तीय सहयोगलाई दिनुहुन्छ। हिजोका दिनहरूमा कमजोर आर्थिक अवस्था हुँदा र आजका दिनमा सवल ब्यवसायिक क्षमता अभिवृद्धिमा बुडोल सामुदायिकले दिएको वित्तीय साथ र सहयोग निरन्तर कायम रहेकोमा आभार प्रकट गर्नुहुने कृष्णमणी कुईकेल, सरल र सुलभ रूपमा बचत ऋण तथा अन्य आर्थिक कारोबार बुडोल सामुदायिक साकोसमै गरी उद्यमशीलताको विकास गर्न सबैलाई आग्रह गर्नुहुन्छ।

आफ्नो आर्थिकस्तर उन्नति र ब्यवसायिक सफलतामा बुडोल सामुदायिक साकोसको ठूलो देन सम्झनु हुन्छ।आफूले असल कारोबार गरेर संस्थागत विश्वसनीयता हासिल गर्न सके आजको समयमा आर्थिक कारोबारका लागि कुनै बैंक तथा वित्तीय संस्थामा गई लामो, खर्चालु र झण्झटिलो प्रकृयाको शिकार हुन नपर्ने र सम्पूर्ण वित्तीय समाधान बुडोल सामुदायिक साकोसबाट नै सम्भव हुने उहाँको ठहर छ। समाज र समय सुहाउँदो ब्यवसाय / पेशाको थालनी गरी मेहनत र लगनशीलताको साथ अघि बढ्दै असल आर्थिक कारोबार गर्न सके जस्तोसुकै सहयोग र सहकार्य मिल्दै जाने र विदेशी भूमिमा प्राण जोखिममा राखेर पसिना काटी कमाएको कमाईभन्दा राम्रो कमाई आफ्नै स्वदेशी भूमिमा हुने कुरा ब्यवसायी कृष्णमणी कुईकेलको सफलताबाट हामी सबैले सिक्न सकिने देखिन्छ।